वैदेशिक लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2021 | 02:58:37 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक लगानी (एफडीआई) भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै विदेशी लगानीवापत नेपाल आउने विदेशी मुद्राका लागि स्वीकृति लिइरहन नपर्ने जनाएको हो । 

‘विदेशी लगानी वापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋण बापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गरी विदेशी लगानी आकर्षित गर्न’ भन्दै विनियमावली जारी गरेको हो ।

राष्ट्र बैंकले लगानीको प्रतिफल पनि लगानीकर्ताले सहजै लैजान पाउने विनियमावलीमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved