केहि माग सम्बोधन गर्नलाई समय लिएको हो तर मौद्रिक नीति रोकेको होईन: अर्थमन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2021 | 04:05:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक निति आफुले नरोकेको स्पष्ट पारेका छन। नेपाल आर्थिक पत्रकार संघ नाफिज सङ्गको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले आफुसङ्ग आएका केहि महत्त्वपूर्ण माग सम्बोधन गर्नलाइ समय लिएको तर मौद्रिक निति नरोकेको बताएका हुन्।

आफु मन्त्री भए पश्चात बिभिन्न सरोकारवालाबाट केहि महत्त्वपूर्ण सुझाव आएको बताउदै ति बिषय सम्वोधन गर्नका लागि समय मात्र लिएको उनले वताए।

"ब्याज वृद्धि हुन नहुने, पुनरुत्थानबाट कोहि बन्चित हुन नहुने , ऋण पाउने सुनिश्चित भएकाको ऋण रोकिन नहुने बिषय मेरा प्राथकमिकताका विषय हुन्, यि विषय नछुटुन् भन्ने हेतुले समय लिएको मात्र हो" उनले भने। उनले थपे 'परिस्थिति नयाँ छ, माग नयाँ छन् , यि कुरालाई सम्बोधन गर्नलाई र वातावरणलाई हिजो भन्दा सहज बनाउनलाई सुझाव दिएको मात्र हो तर मौद्रिक निति रोकेको होइन।"

अर्थमन्त्री शर्माले आफुले आफु राम्रो बन्नलाई अरुलाई नराम्रो बनाउने निति अख्तियार नगर्ने र त्यस्तो तरिकाले श्वेतपत्र जारि नगर्ने स्पस्ट पारे। देशको आर्थिक अवस्था के छ भन्ने कुरा सबै छर्लंग रहेको बताउदै आफुले अरुलाई नराम्रो देखाउने काम नगर्ने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved