बागमती प्रदेशद्वारा सवारी करमा भारी वृद्धि, कुन साधनले कति तिर्नुपर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 08:53:39 AM मा प्रकाशित

laxmi  sunrise bank

वागमती प्रदेशले सवारी करमा भारी वृद्धि गरेको छ । ‘आर्थिक ऐन २०७८’ मार्फत सवारी करलाई परिमार्जन गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको प्रदेश सरकारले एउटै सवारीमा ९ हजारसम्म कर बढाएको हो । 

नयाँ आर्थिक ऐन अनुसार जीप, कार, भ्यान र माइक्रोबसको कर अत्याधिक बढाईएको छ । केन्द्र सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सवारी करमा खासै फेरबदल नगरेको भएपनि बागमती प्रदेश सरकारले भने सवारी करमा भारी वृद्धि गरेको छ ।

अब बागमती प्रदेशभित्र चल्ने १ हजार सीसी सम्मका जीप, कार, भ्यान र माइक्रोबसले २२ हजार रुपैयाँ, १ हजारदेखि १५ सय सीसी सम्मकाले २५ हजार रुपैयाँ, १५ देखि २ हजार सीसी सम्मका सवारीले २७ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्ने भएको छ । 

२ हजारदेखि २५ सय सीसीसम्म ३७ हजार, २५ सय सीसीभन्दा माथि ३ हजार सीसीसम्म ५० हजार रुपैयाँ र ३ हजार सीसीभन्दा माथि ६५ हजार रुपैयाँ सवारी कर तोकिएको छ । 

गत वर्ष १ हजार सीसीसम्म २१ हजार रुपैयाँ, १ हजार १ सीसीदेखि १ हजार ५०० सीसीसम्म २३ हजार ५ सय रुपैयाँ, १५ सय १ सीसीदेखि २ हजार सीसीसम्म २५ हजार ५ सय रुपैयाँ वार्षिक सवारी कर लाग्थ्यो । २ हजार १ सीसीदेखि २ हजार ५०० सीसीसम्म ३५ हजार ५ सय, २ हजार ५०१ सीसीदेखि २ हजार ९ सय सीसीसम्म ४१ हजारर २ हजार ९०१ सीसीभन्दा माथि ५८ हजार ५ सय रुपैयाँ सवारी कर लाग्दै आएकोमा अहिले भारी वृद्धि गरिएको छ ।

डोजर, एक्साभेटर, लोडर, रोलर, र क्रेन लगायतका मेसिनरी उपकरणले अब ४० हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ । त्यस्तै टिपरका लागि ३९ हजार र मिनीट्रिपरका लागि ३० हजार रुपैयाँ सवारी कर तोकिएको छ । 

गत वर्षसम्म डोजर, एक्साभेटर, लोडर, रोलर र क्रेन लगायतका मेसिनरी उपकरणले ३८ हजार ५ सय र मिनिटिपरले २७ हजार ५ सय रुपैयाँ कर तिर्ने व्यवस्था थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved