आज श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 01:00:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज मंगलबार देशको अर्थतन्त्रको अवस्थाको बारेमा श्वेतपत्र सर्वाजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ को प्रभाव र वर्तमान आर्थिक अवस्था समेटेर आज बस्ने संसद बैठकमा श्वेतपत्र जारी गर्न लागेका हुन्। 

आर्थिक अवस्थाको यथार्थ चित्रण गर्दै श्वेतपत्र जारी हुन लागेको हो । मन्त्री शर्माले यसलाई श्वेतपत्र नभनी  'वर्तमान आर्थिक अवस्थाको जानकारी' को रुपमा संसदमा प्रस्तुत गर्न लागेका हुन्। यसअघि पूर्व अर्थमन्त्री युवराज खतिवडाले पनि आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि २०७४ चैत १६ गते श्वेतपत्र जारी गरेका थिए। 

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved