अब यी शीर्षकका ऋण पनि ‘विपन्न वर्ग कर्जा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 05:04:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने रु. १५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने छ । ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने रु. २५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने रु. २० लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिने र यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था मिलाइने गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले वास्तविक कृषि व्यवसायीलाई रु. २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिने र यस्तो कर्जाको पनि अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था मिलाइने बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved