चेम्बरका अध्यक्ष भन्छन्, ‘रेमिट्यान्स बचतमा ब्याज दिने कुरा धेरै राम्रो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 05:14:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शले मौद्रिक नीति गत वर्षकै निरन्तरता दिने खालको आएको बताएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले मौद्रिक नीति सार्वजनिक भए लगत्तै प्रारम्भिक प्रतिक्रिया दिँदै गत वर्षकै कार्यक्रमहरुलाई निरन्तरता दिएर मौद्रिक नीति आएको बताए ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गरेपछि अध्यक्ष मल्लले तल्लो तहका एसएमईज् र महिला उद्यमीहरुको विकासका लागि बजेटले ल्याएका कार्यक्रमलाई सम्बोधन गर्ने खालको मौद्रिक नीति आएको र अब कार्यान्वयनको अपेक्षा नीजि क्षेत्रले गरेको बताए । 

उनले बैंकिङ माध्यममार्फत आउने रेमिट्यान्स बैंकमै जम्मा गरेर राखेको अवस्थामा थप १ प्रतिशत ब्याज दिने व्यवस्था मिलाउने घोषणा हुनु निकै स्वागतयोग्य भएको बताए । यसले हुण्डि लगायतका अवैध कारोबार रोक्न मद्दत पुग्ने अध्यक्ष मल्लको विश्वास छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved