अर्थमन्त्री जनार्दन शर्माद्वारा बजेटलाई लिएर लगाइएका ४ आरोपको खण्डन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2021 | 09:22:25 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले आफुले बजेटमा धेरै नयाँ काम नगरेको प्रष्ट पारेका छन्। नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नव निर्वाचित अध्यक्ष, उपाध्यक्ष र नवौं पार्षद सदस्यहरुको सपथग्रहण समारोहमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

आफुले अहिले नयाँ बजेट बनाएको नभई तीन प्रतिशत भन्दा कम बजेट चलाएको मात्र बताउदै उनले तत्कालिन सरकारले ल्याएको बजेटलाई इंकित गर्दै आफुले यस अगाडिको बजेटमा केहि नघटाएको बताए। 

आफुले राजश्वको लक्ष्य बढाएर केहि कार्यक्रम सांकेतिक रुपले थपेको बताउदै अध्यायदेश बजेट खासै नचलाएको स्पष्ट पारे। आफुले बजेटलाई थोरै चलाउदा पनि बजेट ल्याउने सिस्टम डरलाग्दो भएको भेटेको बताए। 

उनले भने,हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो भेटियो, योजना बनाउने प्रचलन हेर्दा कहालीलाग्दो अवस्था पाँए । देशलाई कति सडक चाहिने हो ? कुन सडक कति लेनको हुनुपर्नेहो ? यसको कुनै मानक पालना भएको पाइएन । जो आयो त्यसले आफ्नै मनमौजी तरिकाले सडकको बजेट हाल्ने गरेको पाइयो । सबै मन्त्रालयका सचिवहरुलााई बोलाएर मैले सोधें पुँजीगत बजेट किन खर्च भएन ? सचिवहरुले भन्नुभयो कि चाहिने ठाँउमा बजेट छैन नचाहिने ठाँउमा हालेको बजेट कसरी खर्च गर्ने ? यस्तो रहेछ बजेटको अवस्था ।"

अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन खोज्यो भने हाम्रै संयन्त्रले नमान्ने कुरा समेत उनले बताए। वातावरण सहज बनाउनुको सट्टा ढोका बन्द गर्ने चलन हाम्रै संयन्त्रभित्र रहेको उनले बताए। 

उनले भने,  औपचारिक बाटोमा आउनको लागि त प्रक्रिया सरल बनाइदिनुप¥यो नि । ढोका खोलिदिनुप¥यो नि त । तर बन्द यहाँ त ढोका बन्द गर्ने परिपाटी रहेछ । अप्ठेरो बनाइदिने रहेछ नीति र ऐन कानुन बनाइनेरहेछ । नीति, नियम, कानुन सरल बनाइदियो भने धेरै कुरा अगाडि बढ्ने मैले देखेको छु । चाँडै नै देशको विकास हुने मैले देखेको छु । त्यो आँट म गर्दैछु।"

श्रम सहकारीलाई १० करोडको काम 

१० करोडको ठेक्का सहकारी मार्फत गर्ने निर्णय गर्दा कार्यकर्तालाई पोस्न नियम ल्याइएको भन्ने आरोप लगाएइएको बताउदै उनले यस आरोपलाई अस्विकार गरे। 

कार्यकर्तालाई बाड्ने काम उपभोक्ता समिति मार्फत भएको हुन सक्ने बताउदै त्यसलाई रोक्नका लागि नै सहकारी मार्फत १० करोडसम्मको ठेक्काको काम गर्ने व्यवस्था गरेको उनले बता। 

उनले भने,"कार्यकर्तालाई बाँड्ने काम त बरु उपभोक्ता समितिहरुले गरेका होलान । मैले यसलाई तोड्न खोजेको हो । श्रम सहकारीमार्फत काम गर्दा त्यस्तो हुँदैन । १० करोड भनेको हिजो उपभाोक्ता समितिलाई १ करोड दिएजस्तै हो आजको मूल्यमा अनुपात मिलाएर हेर्दा । मैले अघि सारेको यो कार्यक्रम उपभोक्ता समितिलाई सिधै रकम हस्तान्तरण गरेजस्तो होइन । श्रम सहकारीहरुबिच आपसी प्रतिस्पर्धा गरेर, दर रेट निर्धारण गरेर सामुहिक रुपमा काम गर्ने अवधारणा हो । निश्चित दर रेट निर्धारण भइसकेपछि प्रतिस्पर्धामा भाग लिने सबैले काम गर्न पाउने व्यवस्था गर्न खोजिएको हो । यसमा कसैको हारजित हुँदैन । सबैले काम पाउनेछन् । सवै मिलेर काम गर्नुपर्नेछ।"  

दश हजार राहतको कुरा 

त्यस्तै अर्थमन्त्री शर्माले कोभिड १९ का कारण रोजगारी गुमाएका विपन्न जनतालाई १० हजार राहात दिने निर्णयबारे पनि स्पष्ट पारेका छन्। अति विपन्न जनतालाई संकटको बेला राज्यले सम्झेको उनले बताए।

सरकारको ढुकुटीमा रहेको जनताको अलिकति पैंसा राहत कार्यक्रममार्फत बजारमा परिचालन गर्ने उपाय पनि भएको उनले बताए। यसले अर्थतन्त्रलाई चलायमान बनाउने काम पनि गर्ने उनले बताए। 

उनले भने, "गरिबले पाएको त्यो पैंसा घरमा थन्काएर त पक्कै पनि राख्दैन । त्यो पैंसा बजारमा पुग्छ । पैंसा परिचालन हुन्छ । तर एकथरिलाई अर्कै चिन्ता छ । तर हामीले जनताको पैंसा जनतालाई नै दिन खोजेको हो । यस्ता केही कुरामा अलिकति बल गरिएन भने अघि बढ्न सकिँदैन । हामी हाम्रा हातखुट्टा आफै बाँध्नेरहेछौं, हाम्रो विकास हामी आफै रोक्दारहेछौं । यो स्थिति तोड्न खोजेको हो । तपाई अडिटरहरुले पनि यो कुरालाई ध्यान दिनुपर्नेछ । तपाई हामी सवैले आ–आफ्नो ठाँउबाट मेहेनत गर्नुप¥यो । देशलाई समृद्ध बनाउन हामी सवैले प्रतिवद्धता गर्नुप¥यो । यसो गरियो भने पक्कै केही सुधार हुन्छ । देश विकासको बाटोतिर अघि बढ्छ।"

देशको समग्र सम्पत्तिको मूल्याङ्कन

त्यस्तै अर्थमन्त्री शर्माले व्यक्तिको सम्पति खोज्न खोजेको भन्ने आरोपको समेत खण्डन गरेका छन्।आफुले व्यक्तिको नभई समग्र नेपालको सम्पत्तिको मूल्याङ्कन गर्ने कुरा उठाएको बताए। 

उनले भने, "यो देशको समग्र वार्षिक ट्रान्जेक्शन कति हो त ? औपचारिक ट्रान्जेक्शनको तथ्याङ्क त आउला तर अनौपचारिक क्षेत्रको कति हो ? पुरा हिसाव के छ नेपालको ? यो पत्ता लगाउने विचार छ । यो कसरी गर्न सकिन्छ ? त्यो आइडिया तपाई अडिटरहरुले निकाल्नुप¥यो । मलाई त यो गर्नुपर्छ भन्ने मात्र थाहा छ तर कसरी गर्ने भन्नेको ज्ञान तपाइसँग छ । यस कार्यमा पनि तपाईहरुले सहयोग गर्नुप¥यो । मैले यो कुरा गर्दा कतिपयहरु झस्किएछन कि अब यसले व्यक्तिगत सम्पत्ति खोजविन गर्ने कुरा ग¥यो भनेर । तर मैले त्यसो भन्न खोजेको हैन । मैले त समग्र देशको सम्पत्ति मूल्याङ्कन गर्न चाहेको हो।" 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved