सरकारले भन्यो 'ऐनले छुट दिएपनि यी अवस्थामा लगानीको स्रोत खोजिनेछ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2021 | 07:18:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कस्तो अवस्थामा लगानी स्रोत नखोजिने बारे थप प्रष्ट पारेको छ । अर्थ मन्त्रालयले लगानीको आयस्रोत खोजिने छैन भन्ने व्यवस्थाका सम्बन्धमा भएको सार्वजनिक प्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउदै यसबारे थप प्रष्ट पारेको हो। 

मन्त्रालयका अनुसार  सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसूरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कारबाही हुने हुँदा त्यस्ता विषयहरूमा छुट नदिइने र त्यस्तो कार्यबाट प्राप्त आम्दानीको लगानीमा छुट प्रदान हुने छैन । 

अर्थ मन्त्रालयले भनेको छ 'नेपाल सरकार अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्य निवारण गर्न एवं भ्रष्टाचार नियन्त्रणसम्बन्धी राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छ।'

आर्थिक विधेयक, २०७८ बाट आयकर ऐन, २०५८ को दफा ११ ग. थप गरी राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा सम्वत् २०८० साल चैत्र मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन भन्ने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved