यस्तो छ नेपालको पछिल्लो आर्थिक तथा वित्तीय अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 03:36:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जस अनुसार नेपालको आर्थिक तथा वित्तीय स्थितिको अवस्था निम्न अनुसार रहेको छ 

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.३५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको छ ।

आयात ७५.७ प्रतिशतले र निर्यात ११५.९ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.१ प्रतिशत र अमेरिकी डलरमा १७.५ प्रतिशतले घटेको छ ।

शोधनान्तर स्थिति रु.३८ अर्ब ७५ करोडले घाटामा छ । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.१० अर्ब ४९ करोड र राजस्व परिचालन रु.९३ अर्ब २६ करोड छ । विस्तृत मुद्राप्रदाय १.६ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.५ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.६ प्रतिशतले घटेको छ र निजीक्षेत्रमाथिको दावी १.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १९.६ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर २८.४ प्रतिशत छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved