चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिन्छ : अर्थमन्त्री जनार्दन शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 08:01:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर संचालन गरिने बताएका छन्। उनले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन्। 

अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने विश्वास उनले व्यक्त गरे। संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने बताए। 

उनले एक फरक प्रसंगमा अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने विश्वास व्यक्त गरे। अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ छ। 

“अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै छ”, मन्त्री शर्माले भने। व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने प्रतिबद्धता मन्त्री शर्माले जनाए। अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको उनको भनाइ थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved