राजश्व छलीको अभियोगमा ५ करोड ५६ लाख बिगो माग्दै १२ जनाविरूद्ध मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 04:55:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजश्व छली गरेको अभियोगमा २ व्यापारिक फर्मका सञ्चालकसहित १२ जनाविरूद्ध मुद्दा दायर भएको छ । 

राजश्व अनुसन्धान विभागले रूपन्देहीको कृष्टल बोटलर्स प्रा.लि.का सञ्चालक फुलसिंह क्षेत्री, माउन्ड एभरेष्ट डिस्टीलरी प्रालिका सञ्चालक मृगेन्द्रगोविन्द श्रेष्ठ र सिद्धार्थनगर–३ का मोहम्मद साहिद अन्सारीसहित १२ जनाविरूद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

नक्कली अन्तःशुल्क स्टिकर टाँसेर ५ करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ राजश्व छली गरेको पाइएकाले उनीहरूलाई मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ। 

उनीहरूलाई बिगो बराबरको रकम, जरिवाना र कैद सजायको माग दाबी गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved