धेरै कर तिर्ने कम्पनीमा टेलिकम, व्यक्तिगतमा सिद्दार्थ राणा र बैंकमा नबिल सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 09:29:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज राष्ट्रिय कर दिवस । कर दिवस २०७८ को अवसरमा विभिन्न क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने करदाता सम्मानित भएका छन् । 

सबैभन्दा बढी कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । निर्यात उद्योगबाट शशिरञ्जन डावर नेपालले सबैभन्दा धेरै कर बुझाएको छ । 

विशेष उद्योगतर्फ एसियन पेन्टसका प्रमुख गोपाल श्रेष्ठ सम्मानित भएका छन् भने कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक सम्मानित भएको छ ।

सहकारीबाट छिमेक लघुवित्त वित्तीय सम्मानित हुँदा वाणिज्य बैंक तर्फबाट नबिल बैंक सर्वाधिक कर बुझाउनले बैंक बनेको छ । बीमा कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ । 

सेवातर्फ नोबेल हस्पिटल र पर्यटनतर्फ तारागाउँ रिजेन्सी (ह्यात होटल) बढी कर तिरेर सम्मानित भएको छ । भाटभटेनी नेपाल, हिमाल पावर कम्पनी पनि बढी कर तिरेर सम्मानित भएका छन् । 

व्यक्तिगततर्फ भने सबैभन्दा बढि कर तिर्नेमा सिद्धार्थ राणा रहेका छन् । टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष रहेका उनी यसवर्ष व्यक्तिगततर्फ सबैभन्दा बढी कर बुझाउने करदाता बनेका हुन् ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउनेमा सूर्य नेपाल र भ्याटमा अनुशासित घोराही सिमेन्ट पनि सम्मानित भएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved