घरजग्गामा बैंकको लगानी ५ खर्ब नाघ्यो, ३ महिनामै थपियो २८ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 10:42:27 AM मा प्रकाशित

laxmi  sunrise bank

घरजग्गामा बैंक तथा वित्तीय संस्थाको लगानी ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन, भदौ, असोज) मा घर जग्गामा बैंकहरुले २८ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् ।

गत आर्थिक वर्षको यही अवधिमा घरजग्गामा बैंकले २ अर्ब ५६ करोड लगानी गरेका थिए ।

गत आर्थिक वर्षको सोही अवधिमा प्रवाह भएको कर्जाको तुलनामा यस वर्षको पहिलो ३ महिनामा भएको कर्जा प्रवाह २५ अर्ब ६४ करोड अर्थात् ९१ प्रतिशतले बढी हो ।

घरजग्गा क्षेत्रमा प्रवाह भएको २८ अर्ब २० करोड ऋणमध्ये व्यक्तिगत आवासीय घर कर्जातर्फ १२ अर्ब १८ करोड र रियलस्टेट तर्फ १६ अर्ब २ करोड छ । 

नेपाल राष्ट्र बैंकले १ करोड ५० लाखसम्मको कर्जालाई व्यक्तिगत आवसीय घर कर्जामा गणना गर्दै आएको छ भने त्यो भन्दा बढी कर्जा प्रवाह भएको खण्डमा रियलस्टेट कर्जामा गणना गर्छ । 

यो सँगै चालु आर्थिक वर्षको असोजसम्म घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कुल कर्जा ५ खर्ब १० अर्ब ८ करोड पुगेको छ । जसमध्ये ३ खर्ब १० अर्ब ४४ करोड व्यक्तिगत आवासीय घर कर्जामा छ भने र १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ रियलस्टेटतर्फ प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा आवासीय रियलस्टेट क्षेत्रमा ५ अर्ब ५५ करोड, व्यवसायिक कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ३ अर्ब ९१ करोड, आम्दानी योग्य कमर्शियल कम्पलेक्समा ३२ करो र जग्गा खरिद तथा प्लटिङमा ६ अर्ब २३ करोड कर्जा प्रवाह भएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved