नेपालमा पहिलो पटक घरजग्गा मुल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक, सहरलाई मात्रै समेटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 04:05:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा मुल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। वित्तीय क्षेत्र विकास रणनीतिमा घरजग्गा मुल्य सूचांक तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिईएकोमा राष्ट्र बैंकले २०७५ -०७६ लाई आधार बर्षको रुपमा लीइ घरजग्गा सर्वेक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार घरजग्गा मूल्य सूचकाङ्क तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको संलग्नता र तथ्याङ्क उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरिएको हो।  

छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुई वटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम छ वटा महानगर क्षेत्रलाई तथ्याङ्क स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो । 

सो स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्याङ्क सङ्कलन गरिएको हो ।नेपालको सन्दर्भमा तथ्याङ्क उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्याङ्क सङ्कलन गरेर घरजग्गा मूल्य सूचकाङ्क तयार गरिएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप' घरजग्गाको मूल्याङ्कनसम्बन्धी तथ्याङ्कको आधारबाट घरजग्गाको मूल्य सङ्कलन गरिएको छ ।

घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५÷७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोबार संख्यालाई आधारमानी भार निर्धारण गरिएको छ । उक्त भाराङ्कलाई जिल्लागत, प्रदेशगत एवम्राष्ट्रियस्तरमा समेत निर्धारण गरिएको छ ।  राष्ट्रियस्तरमा जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घरजग्गाक भाराङ्क २३.३३ प्रतिशत रहेको पाइएको छ ।

मालपोत सर्वेक्षणको आधारमा घरजग्गातरतर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्पम ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो । 

यसै गरी, वाणिज्य बैंकबाट प्राप्त तथ्याङ्कमध्ये घरजग्गा र जग्गातर्पम क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमूनाका रुपमलिइएको थियो ।

घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क निर्माणगरिएको छ । यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकाङ्क त्रयमासिक रूपमा नियमित प्रकाशन गर्न लागिएको छ ।

सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६÷७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ भने मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्कको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।  

यसै गरी, आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौमहिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको आर्थिक अनुसन्धान विभागले जनाएको छ।



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved