भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुर्याएका छौंः मन्त्री श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 09:03:39 AM मा प्रकाशित

laxmi  sunrise bank

भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भू–उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन्।उग्रचण्डी नाला समाजको काठमाडौंमा भएको चौथो साधारणसभाको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले भू–उपयोग नियमावली आएपछि खेती योग्य जमिनको संरक्षणभई व्यवसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन।

उनले भू–उपयोग नीति अनुसार कृषि योग्य जमिन र किसानहरुको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यवसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीति अनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको बताइन। 

मन्त्री श्रेष्ठले, भूमिहिन दलित, भूूमिहिन सुकुुम्वासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूूले पहल शुरु गरिसकेको पनि बताइन।

उनले राष्ट्रिय सार्वभौमसत्ता र विकास अभिभाज्य हुने भन्दै विकास निर्माणका काममा यो मेरो र तेरो नभनी एक भएर लाग्न सबैैलाई आग्रह गरिन। मन्त्री श्रेष्ठले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृकि सम्पदाले महत्वपूर्ण हुदादुदै पनि प्रचार–प्रसार र संरक्षणको अभावमा अगाडी आउन नसकेको भन्दै नालासँगै काभ्रे जिल्लाकै विकासमा आफू सहयोग गर्न तयार रहेको पनि बताइन।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved