सञ्चय कोषको घर सापटी कर्जाको ब्याज कति पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2021 | 01:50:58 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुलाई घर सापटी कर्जा दिन सुरु गरेको छ । सञ्चय कोषका सञ्चयकर्ताले घर कोषले दिने घर सापटी कर्जा लिन सक्ने छन् । कोषले यसरी दिने कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट पाईने घर कर्जाभन्दा सस्तो पनि छ ।

कोषले २०७८ भदौदेखि ६० औं वाार्षिकोत्सवका अवसर पारेर सञ्चयकर्तालाई घर सापटी कर्जाको सुरु गरेको थियो । 

ब्याजदर कति ?

कोषले घर सापटी र घर मर्मत सापटी कर्जा शीर्षकमा ऋण दिन्छ । यस्तो कर्जाको ब्याजदर ७.९० प्रतिशत छ । 

धितो मूल्यांकनमा नबढ्ने गरी बढीमा १ करोडसम्म कर्जा लिन सकिने कोषले जनाएको छ । १० वर्षभन्दा कम सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १२ वर्षको तलबमान र १० वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १५ वर्षको तलबमानलाई आधार बनाएर मूल्यांकन गरिन्छ ।

कर्जाको अवधि कति ?

यस्तो कर्जाको अवधि ग्रेस अवधिसहित अधिकतम २० वर्षसम्म हुने कोषले जनाएको छ । १ वर्ष नियमित कोष कट्टा गरेका र उमेर वा पदावधिको आधारमा २ वर्ष सेवा बाँकी रहेका सञ्चयकर्ताले घर सापटी पाउने व्यवस्था छ ।

यस्तो कर्जा कोषले  कम्तीमा २ किस्ता र घर निर्माणको हकमा भने कार्य प्रगतिको आधारमा अधिकतम् ४ किस्तामा दिनेछ । पहिलो किस्ता ५० प्रतिशतसम्म हुनेछ । यदि घर किन्न हो भने सबै रकम एकमुष्ठ पाईनेछ ।

घर बनाउन भने डिपीसी सकिएपछि मात्र कर्जा प्रवाह गर्नेछ । एउटै धितोमा खामेसम्म श्रीमान श्रीमति दुबैको तलबमानबाट सापटी लिन सकिने व्यवस्था पनि छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved