अर्थमन्त्री भन्छन्, ‘पैसा काँ गो भन्या त, घरमै पो रहेछ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2022 | 11:20:47 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले केही दिन अघि वित्तीय प्रणालीमा नआएको पैसा कहाँ छ भन्नेबारे आफूले अध्ययन गरिरहेको बताएका थिए । नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आफू अहिले बजारबाट हराएको पुँजीको खोजीमा लागेको बताएका थिए ।

‘पूँजी कहाँ हराएको हो ? म त्यसको खोजी गर्दैछु’ उनले भनेका थिए, ‘ओछ्यानमुनि त गएको छैन ? कतै स्थिर भएर पो बसेको त छैन ? म त्यसको खोजी गर्दैछु ।’

तर, आगामी बजेटका लागि अर्थ मन्त्रालयलमा सोमबार भएको छलफलमा भने अर्थमन्त्री शर्माले हराएको पूँजी भेटिएको अर्थ लाग्ने गरी आफ्ना कुरा राखे । उनले धेरै पैसा मानिसले घरमै राखेको पाईएको बताए । 

यो पनिः
अर्थमन्त्री भन्छन्, ‘बजारबाट हराएको पुँजि ओछ्यानमुनि पो छ कि ?’

‘आफूसँग भएको पैसा बैंकमा राख्न पनि समस्या छ, झिक्न पनि समस्या छ’ उनले सोमबारको छलफलमा भने, ‘त्यसैले धेरै पैसा त घरमै थन्किएको मेरो अध्ययनले देखाएको छ ।’ 

उनले यो चिन्ताको विषय भएको पनि बताएका छन् । वित्तीय प्रणाली सहज र सरल बनाउँन सके मात्रै प्रणालीमा सबै पैसा बस्ने र त्यो चलायमान हुने उनको भनाई छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले पारदर्शी ढङ्गले गतिविधि सञ्चालन गर्नुपर्ने अर्थमन्त्री शर्माले बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved