अब कुन कुन बस्तु आयात गर्न पाईन्छ, के के पाइँदैन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 03:27:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबारबाट आयातमा थप कडाई गरेको छ । व्यापार घाटा चुलिएपछि १० विलासीका वस्तु आयातमा रोक लगाईएको हो । 

व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा कडाइ गरेको हो । 

मन्त्रालयले नेपाल राजपत्रमा सूचनाम प्रकाशित गरेर मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सूर्तीजन्यपदार्थ, खेलौना, तास, लेज÷कुरमुरे लगायतका वस्तु आयातमा रोक लगाएको हो । त्यस्तै, हिरा, रंगिन टेलिभिजनको आयातमा पनि प्रतिबन्ध लगाईएको छ ।

यी बाहेक अरु बस्तुको आयात खुलेको हो ?

यस विषयमा उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी आयात खुलाउने वा बन्द गर्ने भन्ने निर्णय गर्ने अधिकार नेपालको सरकारको भएकाले यसअघि कुनैपनि बस्तुको आयात रोक्ने निर्णय नभएको बताउँछन् । 

‘यी बाहेकका बस्तुको आयात खुलेको हो भनेर तपाईहरुले सोध्नै मिल्दैन, किनकी कहिल्यै रोकिएकै थिएन, रोकिएको थियो भने पो खुलेको हो भनेर सोध्न मिल्छ’ डा. रेग्मीले भने, ‘आज उद्योग मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा जे जे लेखेको छ, ती बस्तुको मात्रै आयात प्रतिबन्ध लगाईएको अरु बस्तुहरुमा विगतमा जसरी नै आईरहन्छन् ।’

उनलाई बिजपाटीले राष्ट्र बैंकको निर्देशनले आयात रोकिएका बस्तुको विषयमा स्मरण गराउँदा आयात खुलाउने वा बन्द गर्ने निर्णय गर्ने अधिकार राष्ट्र बैंकलाई नभएको बताए ।

अब के के आउँछन् ?

उनले लेखिएको बाहेकका बस्तुको आयातमा बाधा नरहेको बताएका छन् । राजपत्रमा आएको सूचनामा उल्लेख भएका बस्तुको पनि निश्चित क्षमता तोकेर मात्रै आयात बन्द गरिएको डा. रेग्मीको भनाई छ ।

२५० सीसी क्षमता सम्मका मोटरसाइकलको आयात रोकिने छैन । सार्वजनिक बसहरु र एम्बुलेन्स तथा शव बाहनहरुको आयात पनि बन्द हुने छैन ।

३२ इन्चभन्दा कम क्षमताका रंगिन टेलिभिजनहरु, ५९९ डलरसम्मका मोबाइल फोनहरु, सुनचाँदीको आयात रोकिएको छैन ।

यसअघि राष्ट्र बैंकको निर्देशनले रोकिएको कस्मेटिक्स सामानको आयातमा पनि अब एलसी खुल्ने भएको छ । 

‘राष्ट्र बैंकको निर्देशन बाध्यकारी होइन, बैंकहरु डराएर एलसी नखोलेका मात्रै हुन्, राष्ट्र बैंकले बस्तु आयात गर्न दिने र आयातमा प्रतिबन्ध लगाउने काम गर्नै पाउँदैन’, मन्त्रालय स्रोत भन्छ, ‘आज बुधबार प्रकाशित भएको सूचनामा एच एस कोडसहित जे जे आयात गर्न पाइँदैन भनिएको छ, त्यो पाइँदैन, बाँकी सबै पाइन्छ । यसरी बुझ्दा हुन्छ ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved