४ वर्ष सुब्बाको जागिर खाँदा ६ करोड कमाएका बिध ल्याबका सञ्चालक विरुद्द भ्रष्टाचार मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 05:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बिध ल्याबका सञ्चालक विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरको छ । 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायकसमेत रहेका भिमकान्त भण्डारी विरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरको हो । 

भण्डारी विरुद्ध ६ करोड २४ लाख ४ हजार ६४४ पैसा बिगो कायम गरी अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

भण्डारी २०७३ असोज २१ मा राजपत्र अंकित प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउन १ गते स्वेच्छिक अवकाश लिएका थिए । 

स्वेच्छिक अवकाश लिएपछि कोरोनाको अवधिमा उनी मेडिकल क्षेत्रको व्यापारमा लागेका थिए ।

सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु २६ लाख ६१ हजार ६३६ रुपैयाँ ९ पैसा आय आर्जन गरेको देखिएको अख्तियारको भनाई छ ।

तर, निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ ५३ पैसा खर्च तथा लगानी गरेको देखिएको छ ।

कुल आय आर्जन २६ लाख ६१ हजारमा गरेको कुल खर्च तथा लगानी व्यय ६ करोड ५० लाख ६५ हजार घटाउँदा हुन आउने ६ करोड २४ लाख ४ हजार बराबरको खर्च तथा लगानी (सम्पत्ति)को स्रोत नखुलेको अख्तियारको भनाई ।

अख्तियारले भण्डारीको नाममा रहेको सम्पत्तिबाट ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग बिगो निजकै एकल स्वामित्त्वको कम्पनीहरूको बैंक मौज्दातबाट १७ लाख ६२ हजार १९२ रुपैयाँ समेत गरेर ६ करोड २४ लाख ४ हजार जफत गर्न समेत माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved