निगमका प्रवन्ध निर्देशक भन्छन्, ‘पेट्रोलियम पदार्थमा परल मूल्य कायम गर्नैपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 07:10:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमका प्रवन्ध निर्देशक उमेश प्रसाद थानीले पेट्रोलियम पदार्थमा परल मूल्य कायम गर्नुपर्ने बताएका छन् । भारतीय आयल कर्पोरेशनबाट लगातार ३ पटक मूल्य घटेर आउँदा पनि विगतको दायित्व ठूलो बाँकी रहेकाले ढिलोचाँडो इन्धनमा परल मूल्य कायम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रवन्ध निर्देशक थानीले २३ अर्ब रुपैयाँ भारतीय आयल कर्पोरेशनलाई तिर्न बाँकी रहेको र १० अर्ब रुपैयाँ (७ अर्ब सरकार र ३ अर्ब राष्ट्रिय वाणिज्य बैंकमा गरी) आन्तरिक ऋण गरी ३३ अर्ब रुपैयाँ ऋण रहेको भन्दै उनले अब इन्धनको आपुर्ति गर्दा जति मूल्य निगमले तिर्छ, उपभोक्तालाई पनि त्यतिमै बिक्रि गर्नुपर्ने बताएका हुन् । 

कार्यकारी निर्देशक थानीले डिजेल र पेट्रोलमा यसबारे सोच्न सकिने अवस्था क्रमशः बन्दै गएको भएपनि खाना पकाउने ग्यासमा भने दिँदै आईएको अनुदान तत्काल कटौती गरेर परल मूल्य लागू गर्नुपर्छ भन्ने पक्षमा निगम नरहेको पनि बताएका छन् । 

परल मूल्य लागू भएका पेट्रोल १७६ रुपैयाँ २६ पैसा प्रतिलिटर, डिजेल १७६ रुपैयाँ ५० पैसा प्रतिलिटर, मट्टितेल १४९ रुपैयाँ प्रतिलिटर कायम हुनेछ । 

निगम हाल पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफामा छ भने डिजेलमा ४ रुपैयाँ ५० पैसा घाटामा छ । मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ नाफामा छ । 

हवाई इन्धनमा भने निगम नाफामै छ ।

तर, खाना पकाउने ग्यासमा भने निगम प्रति सिलिण्डर ४९९ रुपैयाँ ५७ पैसा घाटामा रहेको दाबी थानीको छ । काठमाडौँसम्म आईपुग्दा खाना पकाउने एलपी ग्यासको लागत प्रतिसिलिण्डर २ हजार २९९ रुपैयाँ ५८ पैसा पुग्ने भएपनि निगमले अनुदान दिएर १८ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको र यसबाट भईरहेको घाटा हवाई इन्धन र मट्टितेलको बिक्रिबाट हुने नाफाबाट थोरै भएपनि कभर गर्ने काम भईरहेको प्रवन्ध निर्देशक थानीको भनाई छ ।

उनले निगम अझै पनि मासिक ६२ करोड ५८ लाख रुपैयाँ घाटामा रहेकाले भारतबाट मूल्य घटेर आउँदा पनि मूल्य समायोजन गर्न नसकिएको दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved