कर छलीको आरोपमा भारतीय नागरिकसहित ३ जनाविरुद्द मुद्दा दायर, ११ करोड विगो माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 02:17:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राजश्व अनुसन्धान विभागले आयकर र भ्याट छलीको आरोपमा एक जना भारतीय नागरिकसहित ३ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले काठमाडौँको बसुन्धारास्थित दुर्गा ट्रेडर्सका सञ्चालकहरु विरुद्ध ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ विगो दाबी र सोही बराबरको जरिवानाको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

ट्रेडर्सका सञ्चालकहरु धीरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जैसवालले मूल्य अभिवृद्धि तर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकर तर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ छली गरेको दाबी विभागको छ । 

उनीहरुसँग विगो माग बराबरकै जरीवानासहित १० करोड ९३ लाख २ हजार ६७६ र कैद सजाय माग गरिएको छ ।

आरोपितमध्ये धीरजकुमार जैसवाल भारतीय नागरिक हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved