मुख्यमन्त्री पाण्डेको अस्पतालले १ करोड बढी सम्पत्ति कर तिरेन, बालेनले दिए १० दिने अल्टिमेटम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 09:54:05 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)को निशानामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि परेका छन् । सम्पत्ति कर दाखिला नगरी अस्पताल चलाईरहेका मुख्यमन्त्री पाण्डेलाई महानगरपालिकाले १० दिनभित्र सम्पत्ति कर दाखिला गर्न अल्टिमेटम नै दिएको छ ।

मेयर शाहको निर्देशनमा महानगरपालिकाका राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे सहितको शेयर रहेको मनमोहन अस्पताललाई १० दिन भित्र सम्पत्ति कर तिर्न अल्टिमेटम दिएका हुन् ।

मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पतालमा मुख्यमन्त्री पाण्डे, डा. बंशिधर मिश्र, पूर्व समाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारी लगायतको शेयर छ । 

‘महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटकपटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुजाएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवानासहित बुझाउनु अनुरोध छ’ महानगरले भनेको छ । 

मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पतालले १ करोड बढी सम्पत्ति कर बुझाउन बाँकी रहेको महानगर स्रोतले बताएको छ ।

यदि अब पनि अटेर गरेर सम्पत्ति कर दाखिला नगरे महानगरपालिकाको राजस्व ऐन, २०७५ अनुसार कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुल उपर गरिने पनि महानगरले चेतावनी दिएको छ ।

मुख्यमन्त्री पाण्डेले सहकारी मोडलमा अस्पताल चलाउन ३ अर्ब रुपैयाँ उठाएको तर, यसबारे आजसम्म कतै हिसाब सार्वजनिक नगरेको गुनासो पनि बिजपाटी समक्ष आईपुगेको छ । यसबारे बिजपाटी डटकमले आवश्यक प्रमाण संकलन गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved