शुक्रवारबाटै तातोपानी नाका बन्द, दिनको २/३ वटा ट्रक आइरहेकै छन् – भन्सार अधिकृत केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2022 | 10:33:56 AM मा प्रकाशित

laxmi  sunrise bank

तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले शुक्रवारबाटै नाका बन्द गरिएको बताएका छन् । बिजपाटीसँग संक्षिप्त कुराकानी गर्दै उनले कमर्शियल उद्देश्यका लागि चीनबाट आउने ट्रकहरू बिदाभरि उतै रहने बताएका हुन् ।

दशैँमा नेपालमा दैनिक उपभोग्य सामग्रीको अभाव नहोस् भनेर तिब्बतमा लकडाउन हुँदाहुँदै पनि चीनले तातोपानी नाकाबाट सामान बोकेका कन्टेनरहरू पठाउन २० दिन अघि सहजीकरण गरिदिएको थियो ।

कोभिड संक्रमणदर बढेपछि गत साउन २३ गतेदेखि बन्द भएको तातोपानी नाका दशैंका लागि भनेर २० दिन अघि खोलिएको थियो । नेपालमा दशैं शुरू भएपछि शुक्रवारबाट पुनः बन्द गरिएको हो ।

विदाको समयमा नाका बन्द गरिएता पनि कुहिने प्रकारका फलफूल र तरकारीको आयात भने रोकिएको छैन ।

प्रमुख भन्सार अधिकृत केसीले बिजपाटीसँग भने, 'शुक्रवारदेखि कार्यालय बन्द भयो । बिग्रने चीज जस्तै फलफूल र तरकारी छ भने त्यो गाडी नेपाल आउँछ । अन्य कमर्शियल वस्तुहरू भने विदापछि मात्र उताबाट छुट्छन् ।'

उनले फलफूलहरू बोकेको ट्रक आयो भने त्यही दिन छुटाउनुपर्ने बताए । 'अझै पनि दिनको २/३ वटा गाडी आइरहेकै छन्,' केसीले भने ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved