व्यवसायीसँगको वार्तामा गर्भनर केही बोलेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 04:30:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आज अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीसँग वार्ता गरेका छन् । वार्तामा अर्थसचिव कृष्णहरि पुष्करसँगै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि सहभागी थिए । व्यवसायीहरुले आफूहरु सडक आन्दोलनमा उत्रिनुको कारण स–विस्तार सुनाइरहे ।

अर्थमन्त्री पौडेलले व्यवसायीका मागहरु डायरीमा टिपोट गरिरहे । चालू पूँजी कर्जा मार्गदर्शन, ब्याजदरको वृद्धि, बैंकहरुले कर्जा लिने सेवा शुल्क लगायतमा विमति जनाइरहेका व्यवसायीहरुले आफ्ना मागहरु सुनाइरहँदा गर्भनर अधिकारी भने केही बोलेनन् ।

उद्योगी व्यवसायीहरुले चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शन २ वर्षका लागि स्थगित हुनुपर्ने र कर्जाको ब्याजदर एकल अंकको कायम गरिनुपर्ने माग राखेका थिए । उद्योगी व्यसायीहरुले राखेका मागबारे अर्थमन्त्री पौडेलले जतिसक्दो चाँडो समस्याको समाधान गर्ने प्रतिवद्धता जनाए ।

तर, गर्भनर भने आजको वार्तामा केही बोलेनन् । 

‘मन्त्री ज्यूले तपाईहरुका मागबारे राष्ट्र बैंक (गर्भनर)सँग छलफल गरेर चाँडै माग सम्बोधन हुने गरी नीतिगत निर्णय गर्न तयार रहेको बताउनु भयो, उहाँले आन्दोलन स्थगित गर्न अनुरोध पनि गर्नुभयो’ वार्तामा सहभागी एक उद्योगीले भने, ‘तर, गर्भनर केही बोल्नु भएन । मन्त्री ज्यू नै सकारात्मक हुनु भएकाले उहाँ केही नबोल्नु भएको हुन सक्छ ।’ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved