पूर्वका उद्योगी व्यवसायीले अर्थमन्त्री र सचिवलाई फेरि किन भेटे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 06:22:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार पूर्वका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री र अर्थ सचिवलाई भेटेका छन् । यसअघि पनि भेटेर आफूहरुका माग राखेका पूर्वका उद्योगी व्यवसायीहरुले आज पनि अर्थमन्त्री विष्णु प्रसाद पौडेल, अर्थसचिव तोयम राया र राजस्व सचिव डा. रामप्रसाद घिमिरेलाई भेटेका हुन् । 

मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायतले अर्थमन्त्री र अर्थ मन्त्रालयका २ जना सचिवसहित पर्यटन सचिव सुरेश अधिकारीसँग पनि भेट गरेका हुन् । 

भेटमा उनीहरुले चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति, अघोषित लोडसेडिङ्ग, आयात तथा भन्सार सम्बन्धि जटिलताहरु बारे जानकारी गराउँदै यी समस्या समाधानमा केन्द्रित हुन आग्रह गरेका छन् ।

भेटघाटका क्रममा मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीतिले सिर्जना भएका समस्या समाधानका लागि आफूहरु पुनः आग्रह गर्न आएको बताए । भारत सरकारले नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेता पनि नेपाल सरकारले नेपाली उद्योगीहरुलाई सो कोटा बाँडफाँड गर्न नसकेको भन्दै उनले गहुँमा आश्रित नेपाली उद्योगहरु प्रभावित भई बन्द हुने तहमा पुगिसकेको गुनासो पनि सुनाए । उनले तत्काल कोटा बाँडफाँड गर्न पनि आग्रह गरेका छन् । 

अर्थसचिव रायाले नेपाली उद्योगहरुलाई गहुँको कोटा निर्धारण गर्ने कार्यलाई शिघ्रताका साथ अघि बढाइने आश्वासन दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved