१ वर्षमा ११ अर्ब ५० करोडको गलैँचा निकासी, अमेरिकाले मात्रै किन्यो ७ अर्बको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2023 | 02:25:58 PM मा प्रकाशित

laxmi  sunrise bank

१ वर्षमा साढे ११ अर्बको गलैँचा निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷०८० मा ११ अर्ब ५० करोड रुपैयाँ बराबरको ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर गलैँचा निर्यात भएको हो । 

नेपालबाट भएको कुल गलैँचा निकासीमध्ये अमेरिकामा मात्रै ७ अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ । अमेरिकामा मात्रै २ लाख ४६ हजार ८४५ स्क्वायर मिटर नेपाली गलैँचा निर्यात भएको हो । 

अमेरिका पछि जर्मनीमा ८८ करोड ७० लाख २२ हजार रुपैयाँको ३३ हजार ७३४ स्क्वायर मिटर गलैँचा निकासी भएको छ । बेलायतमा ७८ करोड ७५ लाख ७६ हजार रुपैयाँको २२ हजार ७ सय ४ स्क्वायर मिटर गलैँचा गएको छ । 

यी बाहेक अन्य देशहरुमा पनि नेपाली गलैँचाले राम्रो उपस्थिति जनाएको छ । 

आर्थिक वर्ष २०७८÷०७९ मा ९ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved