बैंकको ब्याजदर घट्यो, अन्तर बैंक कारोबार ५८ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 03:14:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एक बैंकले अर्को बैंकसँग सापटी लिने अन्तर बैंक कारोबार ५८.७६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले १४ खर्ब ९४ अर्ब ८ करोड अन्तर बैंक सापटी कारोबार गरेका छन । अघिल्लो वर्षको यसै अवधिमा बैंक तथा वित्तीय संस्थाले ९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ मात्रै अन्तर बैंक सापटी कारोबार गरेका थिए ।

यस अवधिमा वाणिज्य बैंकहरुले १३ खर्ब ९ अर्ब ७३ करोड र अन्य बैंक तथा वित्तीय संस्थाले १ खर्ब ८४ अर्ब ३५ करोड बराबरको अन्तर बैंक कारोबार गरेका छन् ।  अघिल्लो वर्ष यस्तो कारोबार वाणिज्य बैंक र अन्य बैंकको क्रमश ८ खर्ब ५६ अर्ब २ करोड र ८५ अर्ब ५८ करोड थियो । 

ब्याजदर घट्यो

अन्तर बैंक कारोबार बढेको भएपनि अन्तर बैंक ब्याजदर भने यो अवधिमा उल्लेख्य दरमा घटेको देखिन्छ । गतवर्षको तीन महिनाको अवधिमा ८.५१ प्रतिशत रहेको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर यसपाली २.२६ प्रतिशतमा सीमित भएको छ । अन्तर बैंक कारोबारको घटेको ब्याजदरले बजारमा लगानीयोग्य रकम (तरलता) प्रशस्त मात्रामा रहेको संकेत गर्छ ।

त्यस्तै यसअवधिमा वाणिज्य बैंकको औसत ब्याजदर ९.९४ प्रतिशत कायम भएको छ । जबकि गतवर्षको यसअवधिमा वाणिज्य बैंकको औसत आधार दर १०.३४ प्रतिशत थियो ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved