अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले बोलाएको बैठक आज, को को हुँदैछन् सहभागी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2023 | 09:34:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न आज बैठक बोलाएका छन् । अर्थतन्त्र संकुचनमा रहेको बेला प्रधानमन्त्रीले नै नेतृत्व लिएर सुधारका कदम चाल्नुपर्ने माग भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज पहिलो चरणको छलफल राखेका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आजको छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरु सहभागी हुनेछन् । बैठक अपरान्ह ४ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको छलफलपछि प्रधानमन्त्रीले निजी क्षेत्र, राजनीतिक दल, अर्थतन्त्रका विज्ञसँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गत साताको आइतबार  अर्थतन्त्र सुधारका लागि ठोस प्याकेज ल्याउने घोषणा गरेका थिए। अर्थतन्त्र सुधार्न मङ्सिर ४ गते बृहत् बैठक बोलाएको र त्यस बैठकले अर्थतन्त्र सुधारको लागि बृहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीले बताएका थिए। गत साताको आइतबार तनहुँको आँबु खैरीनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका थिए । उनले आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहे पनि अहिले क्रमशः सुधार भइरहेको बताएका थिए । मङ्सिर ४ को बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने र सोही बैठकले ठोस प्याकेज घोषणा गर्नेउनले बताएका थिए ।

तर आज पहिलो चरणको छलफल मात्र हुने र पछि सरोकारवाला सबैसँग छलफल गरेर मात्र प्याकेज घोषणा हुने बताईएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved