४ महिनामा ९ हजार लिटर नेल पोलिश र ६७ हजार किलो लिपिस्टिक आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 12:36:17 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को कार्तिक मसान्तसम्म नेपालले २ करोड २३ लाख ५५ हजार रुपैयाँ बराबरको ९ हजार ८ सय ४५ लिटर नेल पोलिश आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार कुल आयात मध्य ६ हजार ३ सय ९० लिटर चीनबाट आयात भएको छ । भारतबाट २ हजार १ सय ७ लिटर आयात भएको छ ।  साथै, कुल आयात मध्य ताइवानबाट ४ लिटर आयात भएको छ । टर्कीबाट १ हजार ३ सय ४४ लिटर आयात भएको छ ।  

त्यस्तै, चालु आर्थिक वर्ष २०८०/८१ को कार्तिक मसान्त सम्म ३० करोड २१ लाख २२ हजार रुपैँयाको ६ लाख १९ हजार २ सय ६६ लिटर नुहाउने स्याम्पु आयात भएको छ । विभागको तथ्याङ्क अनुसार भारत लगाएत ३० वटा देशहरुबाट उक्त स्याम्पु आयात भएको छ । सबैभन्दा धेरै स्याम्पु भारतबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैगरि, चालु आर्थिक वर्ष २०८०/८१ को कार्तिक मसान्तसम्म २० करोड ५३ लाख २४ हजार रुपैँयाको ६७ हजार ६ केजी लिपस्टिक नेपालमा आयात गरेको छ । विभागको तथ्याङ्क अनुसार चीन लगायत २६ ओटा देशहरुबाट उक्त लिपस्टिक नेपालमा आयात भएको छ । सबैभन्दा धेरै लिपस्टिक चीनबाट नै आयात आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved