पुर्बान्चल बिश्वबिद्यालयबिरुद्दको मुद्वामा अग्राधिकार प्राप्त, कार्यक्रम स्वीकृतीलाई बाटो खुला

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 08, 2019 | 10:33:26 AM मा प्रकाशित

उच्च अदालत बिराटनगरले पुर्बान्चल बिश्वविद्यालय बिरुद्द दायर मुद्दामा अग्राधिकार दिएको छ। ८ वटा इन्जिनियरिङ्ग कलेजहरुले आफुहरुलाई समेत समाबेश गरि प्रबेश परीक्षा गरि पाँउ भनी दायर गरेको मुद्वामा अदालतले यस्तो निर्णय गरेको हो। 

स्नातकोत्तर कार्यक्रम संचालनको अनुमति माग गर्दै आबेदन दिएका कलेजहरुले उठाएको बिषयबस्तु र प्रकृयामा लागेको समयलाई दृष्टिगत गरि मुद्दामा अग्राधिकार दिइएको उच्च अदालत बिराटनगरले जनाएको छ। 

उच्च अदालतले निबेदनको अन्तिम सुनुवाइले निकास दिने भएकोले अन्तरिम आदेशको छुट्टै आदेश गरिरहनु नपर्ने समेत आदेश दिएको छ।  स्नातकोत्तर कार्यक्रम संचालनको लागि दिएको निबेदनमा विश्वबिद्यालयले कुनै निकास नदिएकाले कलेजहरुले परमादेश समेतको आदेश जारि गर्न माग गरेका थिए।  

यसअघि: पूर्वान्चल बिश्वबिद्यालयको अटेरीले अन्यौलमा हजारौं बिद्यार्थीको भविष्य 

उच्च अदालतको निर्देशनले अब निबेदक ८ वटा कलेजहरुलाई आबेदन गरेका स्नातकोत्तर तहका कार्यक्रमहरुको स्वीकृति दिन फ्याकल्टी बोर्ड हुँदै कार्यकारी परिषदमा लैजान बाटो खुलेको छ। कानुनबिद्वहरुसग जिज्ञासा राख्दा बिश्वबिद्यालयले अब प्रबेश परीक्षामा यी कलेज मध्ये बिश्वबिद्यालयले तोकेको मापदण्ड पुगेका कलेजहरुलाइ स्विकृती/ सम्बन्धन दिई निकास दिनु बाहेक अरु बिकल्प नरहेको बताउछन। 

इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकले समेत आगामी फागुन १ देखि १५ गते सम्म अनलाइन फाराम खुलाएको सन्दर्भमा इन्जिनियरिङ्ग कलेजमा स्नातकोत्तर तहको प्रबेश परीक्षा गर्न समय बांकी नै रहेकोले यी निबेदक कलेजहरुको सन्दर्भमा निर्णय गरि थप शैक्षिक कार्यक्रमहरु/ कलेजहरुलाइ पनि समाबेश गर्न सकिने पुर्बान्चल बिश्वबिद्यालय श्रोतले जनाएको छ। 

स्पेसिलाइजेसन गर्ने इन्जिनियरिङ जस्ता महत्त्वपूर्ण कार्यक्रमहरु संचालन अनुमती नदिदा विद्यार्थी, बिश्वबिद्यालय, कलेज र सम्पुर्ण राष्ट्रको समुन्नत बिकासमा नै नकारात्मक प्रभाव पर्ने देखिन्छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved