सबै अफगान महिला रोबोटिक्सले पाए कतारमा छात्रवृत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 09:45:29 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारले अफगानिस्तानबाट निकालिएका सबै महिला अफगान रोबोटिक्सलाई छात्रवृत्ति दिने भएको छ। कतार फाउन्डेशनको 'एजुकेशन सिटि' मा अध्ययन गर्नका लागि कतारको 'कतार फाउन्डेशन' र 'कतार फन्ड फर डेभलपमेन्ट' ले उनीहरुलाई छात्रवृत्ति दिएको हो। 

अफगानिस्तानमा तालिबानको शासन आए पश्चात उनीहरुलाई छात्रवृत्ति सहित कतारको एजुकेशन सिटिमा राखिएको हो। कतार फाउन्डेसन र कतार फन्ड फर डेभलपमेन्ट को संयुक्त साझेदारीको माध्यमबाट उनीहरुलाई अध्ययनको लागि छात्रवृत्ति दिईएको हो।  

अफगान ड्रीमर्श को रुपमा समेत चिनिने उनीहरुलाई कतारका प्रतिनिधिहरु द्वारा आयोजित एक उडानमा दोहा कतारको लागि उडान भरेका थिए। 

कतार फाउन्डेसनको एजुकेशन सिटिमा बिश्वमै आफ्नै किसिमको सबै भन्दा ठुलो शिक्षाको इको सिस्टम रहेको छ। यसमा आठ बिश्वबिद्यालय सामेल छन्। जसमा विश्वका केहि प्रमुख बिश्वबिद्यालयका शाखा परिषदहरु समेत सामेल रहेका छन्। 

यी प्रतिभाशाली र रचनात्मक महिलाहरु अनिश्चितता तथा राजनीतिक उथलपुथलको अवस्थाबाट अगाडी बढिरहेकाले उनीहरुको समस्या र चिन्तालाई जति सकिन्छ कम गर्ने आफुहरुको उदेश्य रहेकाले उनीहरुलाई भविष्यको शैक्षिक सुनिस्चितताको लागि सहयोग गरेको कतार फाउन्डेसनकि उपाध्यक्ष तथा सीईओ महामहिम शेखा हिन्द बिन हमाद अल थानीले बताएकी छन्।   

यो छात्रवृत्तिले यी अफगान महिलाहरुमा थप कौशलता तथा ज्ञान थप्नलाई सहयोग गर्ने बिश्वास राख्दै उनीहरुलाई सहयोग गरिएको कतार फण्ड फर डेभलपमेन्टकि महानिर्देशक महामहिम खलिफा बिन जसिम अल कुवारीको भनाई छ।  

अफगानिस्तानमा तालिनाब सत्तामा आए पश्चात बिशेषगरि त्यहाँको सुरक्षा तथा मानवीय अवस्थाका साथसाथै त्यहाँका महिलाहरुको हक अधिकारलाई लिएर बिश्वभर चाँसो बढेको छ। यस अगाडी तालिबानले सत्ता चलाउँदा महिलाहरुलाई अध्ययनको लागि रोक लगाएको र घरमै बस्न बाध्य बनाएको आरोप छ। 

यद्दपी हालै मात्रै सत्तामा आएको तालिबानले आफ्नो कार्यकालमा महिलाहरुलाई इस्लामिक कानुन अनुसार उचित स्थान र सम्मान दिने प्रतिबद्दता जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved