केशव स्थापितः जसले १७ दिनमा २२ वटा घर भत्काएर बनाएका थिए ‘माइतीघर मण्डला’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 01:09:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा शनिबार अवेर गरी केशव स्थापितलाई उम्मेदवार बनायो । शनिबार साँझ ६ बजेबाट सुरु भएको एमाले सचिवालय बैठकले मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनायो । 

स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन् । २०५४ सालमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । त्यतिबेला पनि नेकपा एमालेका तर्फबाट निर्वाचित भएका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ भन्ने नारा ल्याए ।

‘माइतीघर मण्डला’को निर्माता समेत रहेका स्थापित काठमाडौँका जनताको नजरमा विकासवादी नेताका रुपमा चिनिन्छन् । २०५५/०५६ सालअघि अहिले माइतीघर मण्डला भएको ठाउँमा अतिक्रमण गरेर टहरा बनाईएका थिए । त्यहाँ ब्यापार हुन्थ्यो । तर, स्थापितले मेयरमा निर्वाचित भएपछि ती घर हटाएर मण्डला बनाउने घोषणा गरेँ । 

उनको घोषणालाई त्यतिबेला धेरैले पत्याएका थिएनन् । अवरोध पनि उत्तिकै भयो । तर, वरोधकै बीच १७ दिनमा स्थापित आफैँ खटेर २२ वटा घर भत्काएर मण्डला बनाए ।

माइतीघर मण्डला अहिले राजनीतिक पार्टीका प्रदर्शन, अनशन बस्ने थलो, विरोध सभा गर्ने ठाउँ, देशभक्ति देखाउने स्थल बनेको छ ।

यति मात्रै होइन, न्यायका लागि लडाई लड्ने थलो पनि माइतीघर मण्डल बनेको छ । उखुको पैसा नपाएका कृषकहरुको आवाज माइतीघर आएपछि मात्रै सरकारले सुनेको थियो । 

टोपी दिवसदेखि राष्ट्रिय भावनाका कार्यक्रमहरु हुने स्थल पनि माइतीघर नै हो । 

अहिलेको शान्तिवाटिकामा त्यतिबेला पनि पुराना घर थिए । स्थापित आएपछि ती घरहरु हटाए । अतिक्रमणले कुरूप भइसकेको रत्नपार्कलाई व्यवस्थित बनाउने काम पनि स्थापितकै पालामा भयो । 

तीनकुनेमा पार्क बनाउने पनि उनकै योजना हो । तर, यो योजना अहिलेसम्म पूरा हुन सकेको छैन ।

बागमती कोरिडोरसहित काठमाडौँका नदी किनाराका कोरिडोर पनि स्थापितले नै सुरु गरेका योजना हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved