ओलीमाथि कांग्रेसको प्रहार : आफैं सर्वोच्च अदालतको आदेशबाट जन्मिने, सरकारलाई परमादेशी भन्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 02:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले एमालेलाई सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भन्दै कटाक्ष गरेको छ ।आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा कांग्रेसले एमालेलाई यस्तो आरोप लगाएको हो ।

घोषणापत्रमा भनिएको छ, नेकपा एमालेका अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यंग्य र कटाक्ष गर्दै आउनुभएको छ । तर नेकपा एमाले उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधि सभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भन्दै सर्वोच्च अदालत जानुभएको थियो ।'

एमाले र स्वयं नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू रहेको भन्दै घोषणापत्रमा अघि लेखिएको छ, 'सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा एमालेको वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनुहोला ?'

संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास भएको भए ओलीले गर्ने यस्तो टिप्पणी तुच्छ रहेको घोषणापत्रमा उल्लेख छ ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved