टिकट दिन्छु भन्दै ओलीले लोसपाबाट एमाले तानेका साहको बिचल्ली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 01:28:30 PM मा प्रकाशित

laxmi  sunrise bank

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट एमाले प्रवेश गरेका जनकपुरधाम ७ का वडाध्यक्ष जानकीराम साह मेयरको टिकट नपाएपछि बिचल्लीमा परेका छन् ।

मेयरको टिकट पाउने लोभमा शाहले दलबलसहित केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट बालकोटमै पुगेर टिका थापेका थिए ।

त्यतिबेला उनलाई जनकपुरधामको मेयर बनाउने सहमति भएको थियो । तर अन्तिम समयमा आएर मेयरको टिकट पाए शिवशंकर साहले पाए ।

जानकीराम साहले ओलीको हातबाट अबीर लगाएपछि आफू जनकपुरको मेयर उम्मेदवार बन्ने हल्लाखल्ला शुरू गरिसकेका थिए ।

उनले घरदैलो कार्यक्रम पनि गरिसकेका थिए । तर पार्टीले उनलाई पत्याएन । यतिबेला उनी स्वतन्त्र उठ्ने कि के गर्ने भन्ने छलफलमा छन् ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved