गठबन्धनमा महिलालाई निषेध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 10:49:40 AM मा प्रकाशित

laxmi  sunrise bank

देशका विभिन्न ठाउँमा चुनावी गठबन्धन भएको छ । सत्ता गठबन्धनलाई कतिपय ठाउँमा अस्वीकार गरिएपनि बहुमत स्थानीय तहहरुमा माओवादी केन्द्र र एकिकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

हालसम्म देशभरका स्थानीय तहमा उम्मेदवारी मनोनयन गराउनेहरुको संख्या १ लाख ३७ हजार नाघेको छ । देशभर सबै पदमा गरी १ लाख ३७  हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । 

देशभरका २९३ नगरपालिकामा ३ हजार २७६ जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ९ जनाले मनोनयन दर्ता गराएका छन् । 

४६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २६४ जनाको मनोनयन परेको छ । २ हजार २९७ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

स्थानीय तहका ३५ हजार २२१ पदमा चुनाव हुँदैछ ।

तर, गठबन्धन मार्फत उम्मेदवारी दर्ता गराउने अधिकांश पुरुष छन् । गत निर्वाचनमा देशैभरका पालिकाहरुमा अपवादबाहेक उपप्रमुखमा महिला उम्मेदवार थिए । तर, यसपटक भने सत्ता गठबन्धन वा सत्ता भित्रकै माओवादी र समाजवादीबीच गठबन्धन भएका स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा पुरुष उम्मेदवार छन् । 

पोखरा महानगरमा भने काँग्रेसले उपमेयरमा कोपिला रानाभाटलाई उम्मेदवार बनाएको छ । मेयरमा समाजवादीका धनराज आचार्य छन् ।

अरु स्थानीय तहमध्ये मेयरमा ३ हजार २७६ को उम्मेदवारी पर्दा गठबन्धनका कारण उपमेयरको उम्मेदवारी २ हजारमा सिमित बनेको छ । त्यस्तै ३ हजार २६४ पालिका अध्यक्षका लागि उम्मेदवार पर्दा उपाध्यक्षमा जम्मा २३ सयको मात्रै उम्मेदवारी परेको छ ।

गठबन्धनका कारण अधिकांश ठाउँमा माओवादी र समाजवादी तथा केही ठाउँमा काँग्रेसका महिला नेतृहरु उम्मेदवारी दिनबाट बञ्चित बनाईएका छन् ।

तराई मधेशका जिल्लामा पनि गठबन्धनमा महिला उम्मेदवार नै छन् । 

एमाले भने एक्लै चुनावी मैदानमा भएकाले कतिपय ठाउँमा प्रमुखमा महिलालाई उम्मेदवार बनाएर उपप्रमुखमा पुरुष उम्मेदवार उभ्याएको छ । तालमेल भएका स्थानमा पनि आफूले मेयर वा अध्यक्ष लिएको ठाउँमा उपमेयर वा उपाध्यक्षको उम्मेदवार साझेदार दलबाट महिलालाई बनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved