मेयरका आकांक्षी सहित नुवाकोट कांग्रेसका १३० नेताको सामूहिक राजिनामा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 09:54:17 PM मा प्रकाशित

laxmi  sunrise bank

पार्टीले पछिल्लो पटक चालेको नीतिप्रति असहमति जनाउँदै नुवाकोटमा मगलबार एकै पटक एक सय ३० जना भन्दाबढीले नेपाली कांग्रेस त्यागेका छन्। उनीहरुले पार्टीले तल्लो तहका कार्यकर्ताको भावना तथा धारणा लत्याएको जनाउँदै विदुरस्थित जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन्।

नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का नेपाली कांग्रेसका १ सय ३० जना क्रियशिल सदस्यहरुले एक साथ राजीनामा दिएका हुन्। उनीहरुले कांग्रेस जिल्ला उपसभापति राजु थापासमक्ष राजीनामा दिएका हुन्।

२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षीसमेत रहेका ५० वर्षिय बद्रीप्रसाद त्रिपाठीसहित १ सय ३० जनाले सामूहिक राजीनामा दिएका हुन्। कांग्रेस कार्यकर्ताभन्दा नेतामुखी भएको उनीहरुको आरोप छ।

कांग्रेस सिद्दान्तमा मात्र सिमित रहेकाले बर्षौं देखि आबद्द रहेको पार्टीलाई समेत तिलान्जली दिन आफुहरु बाध्य भएको उनीहरुद्वारा बिज्ञप्तीमा उल्लेख छ। 

१४ औ महाधिवेसनमा कांग्रेसको नेतृत्त्वबाट भएका काम कारबाहीले स्थानीय तहका कार्यकर्ताहरुको भावना सम्बोधन हुन नसकेको र अहिले पनि टिकेट दिने प्रक्रियाले पार्टी प्रति नै असन्तुष्टि बढेको भन्दै उनीहरुले सामुहिक राजिनामा दिएको बिज्ञप्तीमा उल्लेख छ। 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved