चुनावी भाषण गर्दै हिंड्ने हेटौंडाका मेयरलाई आचारसंहिताको छैन परवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 05:35:04 PM मा प्रकाशित

laxmi  sunrise bank

 हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित भएका उनी एमालेको चुनावी अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था गरेको छ । 

बहालवाला मेयर नै आचारसंहिता विपरीत पार्टीको चुनावी अभियानमा भाषण गरेर हिँडिरहेको भन्दै सर्वसाधारणले उनको विरोधसमेत गरेका छन् । उनले भाषणको क्रममा मतदातालाई प्रभाव पार्ने गरी आश्वासनसमेत दिँदै हिँडेको आरोप लगाइएको छ ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved