कांग्रेस
नेतृत्वको पाँच दलीय गठबन्धनमा स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर उम्मेदवारी
टुंगो लागेपछि भने असन्तुष्टि चुलिएको छ ।
असन्तुष्टि
जनाउनेमा जनता समाजवादी पार्टी (जसपा),
नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
तीनै
दलले तालमेलमा न्यूनीकरण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । गठबन्धनका दुई
दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बढी स्थानीय लिएको तीन दलका नेताहरूको
आरोप छ ।
जसपाका
सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपालाई तालमेलमा पूरै न्यूनीकरण गरेको
भन्दै त्यस्तो प्रवृत्ति आपत्तिजनक भएको बताएका छन् ।
उनले
यसबारे बेलैमा ध्यान पुर्याउन गठबन्धनका अन्य नेताहरूलाई सचेत पनि गरे ।
सामाजिक
सञ्जाल ट्वीटरमा डा. भट्टराईले शनिबार राति लेखेका छन्, ‘प्रतिगमनविरोधी
आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको, पाँच दलीय गठबन्धन
र संयुक्त सरकार निर्माण निम्ति पार्टीको फुटको समेत जोखिम उठाएको, एमसीसी लगायतका राष्ट्रिय मुद्दाहरूमा निरन्तर स्पष्ट अडान राख्ने जसपालाई
चुनावी तालमेलमा पूरै न्यूनीकरण गर्ने प्रवृत्ति आपत्तिजनक छ । बेलैमा ध्यान पुगोस्
।’
मधेस
प्रदेश, लुम्बिनी प्रदेशसहित बाग्मती प्रदेश र प्रदेश १ लगायत केही प्रदेशको तराई
क्षेत्रमा मात्र जसपाले निर्वाचनमा तालमेल गर्दा बढी स्थानीय तह पाएका छन् ।
पहाडी र हिमाली जिल्लामा शून्य जस्तै छ ।
एकीकृत
समजावादीका अध्यक्ष माधवकुमार नेपालले नै तालमेलबारे घरिघरी असन्तुष्टि जनाउँदै आएका
छन् ।
जनमोर्चाका
अध्यक्ष चित्रबहादुर केसीले त बिहीबार नै विज्ञप्ति जारी गरेर एउटा पनि महत्वपूर्ण
नगरपालिका नपाएको भन्दै असन्तुष्टि जनाएका थिए ।