‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2022 | 05:04:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हु ईज केपी ओली भन्नेलाई ३० गते (३० वैशाख) देखाइदिने बताएका छन् हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी ओली भन्ने गरेको भन्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको नतिजाले देखाइदिने बताए  

यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो त्यो हामी ३० गते देखाइदिन्छौं त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको,’ ओलीले भने  आफ्नो नेतृत्वको सरकार कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको ओलीको भनाइ  

वृद्ध भत्ता बढाएर ज्येष्ठ नागरिकको पार्टी एमाले भएको उनको भनाइ कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएको स्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताए  

दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेको वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको बताए  अहिलेको सरकारमा रहेका मन्त्रीहरूलाई औलो समाएर हिँड्न सिकाएको ओलीको भनाइ  रेडियो टेलिभिजनमा गएर पाँच हजार तिरेर कोभिडविरुद्धको खोप लगाएको भन्दै गलत प्रचार प्रसार गर्दै हिँडेको बताए  

वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यमन्त्रीमा नियुक्त हुँदा पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताएका थिए उक्त भनाइको खण्डन गर्दै ओलीले निःशुल्क लगाइएको खोपलाई पैसा तिरेर भनिएको बताए  

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved