को हुन् मतदाताको पाउमा हजारकाे नोट राख्ने उम्मेदवार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 02:08:33 PM मा प्रकाशित

laxmi  sunrise bank

उम्मेदवारले मतदाताको पाउमा हजारकाे नोट राखेर ढोगीरहेको एउटा तस्विर अहिले भाईरल भएको छ । यो तस्विर मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालको हो ।

तस्विरमा उनी एक महिलाको पाउमा हजारकाे नोट राखेर ढोगीरहेको देख्न सकिन्छ । कतिपयले उनीमाथि पैसा बाढ्दै भोट मागेको आरोप लगाएका छन् । तर उनले भने आफुले आफ्नी फुपूदिदीलाई ढोग गरेको बताएका छन्। 

उनले यसबारे फेसबुकमा पनि प्रष्टीकरण दिएका थिए  । उनले फेसबुकमा लेखेका थिए– 'यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल ! मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँ हरू सबैलाई हार्दिक धन्यवाद ।' तर उनले अहिले फेसबुकबाट त्यो पोस्ट हटाएका छन्। 

उनले आफ्नी दिदी वडा नम्बर १० अर्थात् आफ्नो क्षेत्रको मतदाता नभई वडा नम्बर ९ को मतदाता भएको पनि दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved