इन्टरनेट सेवा सुचारु राख्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 06:40:41 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले इन्टरनेट बन्द हुने स्थिति आउँन नदिने प्रबन्ध गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । आयोगले निर्वाचनको मिति नजिकिदै गएको समयमा इन्टरनेट सेवा प्रदायक संघ, नेपालले इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुलुकभर सबै स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भएकोले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोगले निर्देशन दिएको हो।

आयोगले भनेको छ 'विद्यमान सूचना र प्रविधिको युगमा इन्टरनेटको सहज र निरन्तर पहुँच प्राप्त गर्नु नागरिकको आधारभूत आवश्यकतासमेत भइसकेको विदितै छ । इन्टरनेट सेवा अवरोध भएमा संविधानले प्रत्याभूत गरेको नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति बाधा पुग्नेतर्फ सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउँन चाहान्छ ।'


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved