जसपा नेता श्रेष्ठको कटाक्ष - ओलीले म्वाई खाएपनि विष लाग्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 03:05:03 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैलाई म्वाई खाए पनि विष लाग्छ भन्दै कटाक्ष व्यक्त गरेका छन् ।

भरतपुरमा आयोजित पाँचदलीय गठबन्धनको विशाल जनसभामा बोल्दै नेता श्रेष्ठले ओलीलाई उक्त आरोप लगाएका हुन् ।

'सर्पले दूध खाए पनि विष लाग्छ, केपी ओलीले म्वाई खाए पनि विष लाग्छ,' श्रेष्ठले भने ।

उनले केपी ओली कुरौटे भएको आरोपसमेत लगाए । 'केपी ओलीले नारायणीमा पानीजहाज चलाउँछु भन्थे, खै पानीजहाज ?' श्रेष्ठले भने, 'पाँच वर्षमा के गर्न सकिन्छ त्यो पो भन्ने हो ।'

उनले केपी ओलीले संविधान, लोकतन्त्र र संघीयता खान खोजेकोसमेत आरोप लगाए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved