राष्ट्रिय
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका
छन् । काठमाडाैंमाा शुक्रबार आयाेजित पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै
उनले सबैतिरबाट जनमोर्चामाथि आक्रमण भइरहेको बताए ।
आजभन्दा
चार वर्षअघि वाम गठबन्धनमा समावेश भएको स्मरण गराउँदै उनले त्यो गठबन्धन टिक्न नसकेको
बताए । ‘त्यो बेला हाम्रो समर्थन खेर गयो । झण्डै दुई तिहाई बहुमत पाएर नेकपा एमाले
र माओवादी मिलेर सरकार चलाए । तर,
पछि त बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई त संसद नै देख्नै नहुने
समस्या भयो,’ केसीले भने ।
ओलीले
संसद् विघटन गर्ने बेला नै जनमोर्चाले प्रतिगमनका विरुद्ध रहेको बताएको उनले स्मरण
गराए । ‘त्यो बेला नै हामीले विज्ञप्ति जारी गरेर प्रतिगमन गठबन्धनका विरुद्धमा छौं भनेर विज्ञप्ति नै जारी गरेको थियौं,’ केसीले भने, ‘जबसम्म वामपन्थी र प्रजातान्तिक शक्तिहरू एक भएनन्, प्रतिगमन बलियो बनिरह्यो ।’
अध्यक्ष
केसीले अहिले प्रतिगठनकारीहरूले पाँच दलीय गठबन्धन अपवित्र भन्दै गाली गर्दै हिँडेको
बताए । विगतमा गठबन्धन नगरेको भए प्रतिगमनले घुँडा नटेक्ने भन्दै उनले अहिलेको
पाँच दलीय गठबन्धनभित्र समस्या रहेको बताए ।
‘पाँच दलभित्र प्रशस्तै विरोध छ । एक पार्टीभित्र त विरोध छ भने गठबन्धनमा
हुनु स्वाभाविक हो,’ केसीले भने ।
गठबन्धनभित्रका
अन्य दलले एमसीसी पास गराएपछि जनमोर्चा बाहिरिएको बताए । ‘एमसीसी पास गराउँदा हामीले
गठबन्धनसँगको सहकार्य तोड्यौं । पछि चुनावको बेला फेरि एकजुट भयौं,’ केसीले भने
।
आफ्नो
शक्तिअनुसार नै जनमोर्चाले स्थानीय तह निर्वाचनमा उम्मेदवार उठाएको बताए । ‘हामीले
धेरै ठाउँ ताकेका छैनौं । धेरै ठाउँमा उम्मेदवार उठाउन हाम्रो शक्ति पनि त हुनुपर्यो
। के कुरा ढाट्नु सत्य कुरा यही हो । हामीले सक्ने ठाउँमा
उम्मेदवार उठाएका छौं, नसक्ने ठाउँमा अरुलाई सहयोग गर्छौं,’
केसीले भने ।
गठबन्धनभित्रका
दलहरूले इमान्दारिताका साथ आफ्ना उम्मेदवारलाई जिताउनतिर लाग्नुपर्ने उनको भनाइ छ ।