हामी पुरुषहरूले लछारपाटो लगाउन सकेनौं - प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2022 | 05:03:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुरुषहरूले शासन सत्तामा लछारपाटो लगाउन नसकेको बताएका छन् ।

आज पाँचदलीय गठबन्धनले राजधानीमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै प्रचण्डले महिलाहरू कार्यकारी भएको ठाउँमा राम्रो विकास भएको बताएका हुन् ।

'हामी पुरुष भएर कुनै लछारपाटो लगाउन सकेनौं,' उनले भने, 'महिलालाई मौका दिउँ ।'

उनले भरतपुरकी मेयरकी उम्मेदवार रेणु दाहाल र काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहलाई कसैको छोरी या श्रीमती भएकै आधारमा अपमान गर्न थालिएको बताए ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved