नेकपा
एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र
शान्ति माविबाट मतदान गरेका हुन् । मतदान गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताए । मतदानपछि
सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, ‘एमाले एकातिर,
गठबन्धन अर्कातिर । मूलतः देश दुई दलीय प्रणालीतिर जाने देखियो ।’
प्रधानमन्त्री
शेरबहादुर देउवाले निर्वाचन रोक्न अन्तिम सम्म प्रयास गरेको भन्दै त्यो असफल भएको बताए
। ‘देउवाले आज डडेल्धुरामा मतदान गर्नुभयो । उहाँले अस्ती ९ वैशाखमा
मात्रै चुनाव साराैँ भन्ने औपचारिक प्रस्ताव गर्नुभएको थियो । मैले कुनै पनि हालतमा
निर्वाचन सार्ने प्रयास हुँदैन भनेपछि उहाँ सार्ने मनसायबाट पछि सर्नु भएको हो,’
ओलीले भने ।
देउवाले
गरेको उक्त प्रस्तावबारे कसैसँग कुरा नगरेको भन्दै अहिले सार्वजनिक गरेको बताए । आगामी
चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेको कारण चुनाव सार्न
नसकेको बताए ।
यो
निर्वाचनमा अत्यन्तै अपेक्षित परिणाम आउने उनको भनाइ छ । ‘देशभर जनताको असधाराण उत्साहका
साथ मतदान भइरहेको छ । केही ठाउँबाहेक । त्यस्तो नहुनेपर्ने हो, त्यस्तो उचित
होइन्,’ ओलीले भने, ‘यस निर्वाचनले
अत्यन्तै अपेक्षित परिणाम ल्याउँछ भन्ने आशा गरेको छु । जनताको विजयले रोक्न सक्दैन ।’