झापाका १५ वटै पालिकामा मतगणना सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 02:35:19 PM मा प्रकाशित

laxmi  sunrise bank

झापाका १५ वटै पालिकामा मतगणना गर्न थालिएकोे छ । शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन् भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।

उनका अनुसार कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना ढिलो भएको हो । मतगणना सुरु भएका स्थानमध्ये दमक, शिवसताक्षी, विर्तामोड नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ, भने, बुद्धशान्ति, गौरीगञ्ज, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले अगाडि रहेको छ ।

यसैगरी, हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता रहेको छ । जिल्लामा छ लाख ४६ हजार २३४ मतदातामध्ये चार लाख ५५ हजार ४७६ मतदाताले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ थियो । उनले जिल्लामा ७० दशमलव ४८ मत खसेको जानकारी दिए ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved