बल्ल आयो काठमाडौँ महानगरको आधिकारीक अपडेट: बालेनलाई ८३ मतको अग्रता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 06:55:58 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् । लौरो चिह्न लिएर निर्वाचनमा होमिएका शाहले अहिलेसम्म ४ सय २ मत पाएका छन् ।

उनको निकटम प्रतिद्वन्द्वीका रूपमा एमालेका केशव स्थापितले ३१९ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंह २०२ मतले तेस्रो स्थानमा छन् । हाल काठमाडौँ महानगरको वडा नम्बर १,२,३, ४ र ३२ को मत गणना भईरहेको छ । यद्यपि यो मतपरिणाम भने वडा नम्बर १ को ५०० , वडा नम्बर ३२ को ५०० र वडा नम्बर २ को १८० मत गणना गर्दाको हो  । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार साँझ ६:४५ बजे आधिकारिक रुपमा पहिलो अपडेट दिएको हो । स्वतन्त्र उम्मेदवार भएपनि बालेनले एमाले र कांग्रेसबाट भोट तानिरहेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  वडा नम्बर १ को ५०० , वडा नम्बर ३२ को ५०० र वडा नम्बर २ को १८० मत गणना गर्दा सुर्यमा ३१९, रुखमा २०२, कलममा १०, लौरोमा ४०२, तराजुमा १३, हलोमा ५३, खड्गमा ४, तीरमा १ , साँचोमा १, पुतलीमा १ तथा आँखीझ्यालमा ६४ मत आएको छ ।

प्राविधिक कारणले बिहान देखि अपडेट दिन नसकिएकोले अब भने नियमित रुपमा अपडेट प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved