प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित, एमालेसँगको तालमेलमा भण्डारी निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 09:11:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा नै नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन्। कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवार उक्त ठाउँमा जित निकालेका हुन्।   

कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवार नरेश भण्डारीले जित निकालेका हुन्। डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस वीपीबाट जिल्लाभर उम्मेदवार बनाएको हो। 

भण्डारीले एमालेसंग तालेमेल गरेर निर्वाचन जितेका हुन्। कांग्रेस बीपीबाट विजयी भण्डारीले ६७३ मत ल्याएका चुनाव जितेका हुन्। एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले देउवाको गृह वडामा नरेश भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । 

देउवाको गृह पालिका गन्यापधुरा–१ मा देउवाले चन्द्रबहादुर देउवालाई वडाअध्यक्षमा उठाएको थियो। तर चन्द्र बहादुर देउवा ५४४ मत ल्याएर पराजित भएका हुन्। कांग्रेस बीपीले करुवा चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved