'मलाई भोट किन नहालेको' भन्दै कांग्रेस उम्मेदवारले मतदाता कुटे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 04:05:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका- बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् रोकायाले आफूलाई भाेट नदिएको भन्दै चन्दननाथ नगरपालिका- का कुमारविक्रम शाही कमल बोहोरामाथि कुटपिट गरेका हुन्

रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ कुटाइबाट शाही घाईते भएका छन् उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको  

रोकायाले कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाे   उजुरीमा उनीमाथि आवश्यक कारवाहीकाे माग गरिएकाे   पीडित शाहीले रोकायाले फोन गरेर काम भन्दै बाेलाएर कुटपिट गरेकाे बताए पछि फेरि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामुहिक कुटपिट गरेको प्रहरीमा  दिएको उजुरी उल्लेख  

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते कुमार विक्रम शाहीको घाउ केस जाँच गर्न अस्पतालमा पठाएको अनुसन्धान भइरहेकाे बताए  जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टले यस विषयमा आफूलाई जानकारी नभएकाे बताए  

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved