श्रम कार्यालयमा निशुल्क वाईफाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 05:51:09 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशीक रोजगाार कार्यालय ताहाचलमा सेवाग्राहीले  फ्रि वाईफाई सहितका सेवा सुविधा लिन पाउने भएका छन् । 

वैदेशीक रोजगार प्रवद्र्धन बोर्ड सचिवालयले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी पिउने पानीदेखि ईन्टरनेटको सुविधा उपलब्ध गराएको छ । श्रम कार्यालय परिसरमा वोर्डले श्रम स्वीकृति लिन आउने सेवाग्राहीको लागी बस्ने बेन्च, फ्रि वाईफाई, पिउने पानीको व्यवस्था गरेको वोर्डले जानकारी दिएको छ । फ्रि वाईफाई सहित वैदेशीक रोजगार मोबाईल एप्लिकेशन डाउनलोडको सुविधा समेत उपलब्ध गराएको छ । जसले गर्दा विदेशीने कामदारले वैदेशीक रोजगार सम्बन्धि सम्पूर्ण जानकारी आफ्नै मोबाईलबाट सजिलै लिन पाउने बोर्डको भनाई छ ।

यस अघि सेवाग्राहीले घण्टौसम्म लाईन लागेर सेवा लिनुपर्ने बाध्यता थियो । सरकारले प्रदेश स्तरीय रुपमै श्रम सम्बन्धि सेवा सञ्चालन थालेपछि भने श्रम कार्यालयमा सेवा ग्राहीको चाप घटेको कार्यालयका एक कर्मचारी बताउँछन् । अनलाईन टोकन प्रणाली लागू भएसँगै सेवाग्राहीले तोकेको समयमा सेवा पाउँदै आईरहेको उनले बताए । 



 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved